रिसाए रिसाउ, खुसाए खुसाउ

08 August, 2014

रिसाए रिसाउ, खुसाए खुसाउ, 
मलाई बाल छैन मायालु,
पागल फिर्दै छु, भौतारिदै ,
तिमिलाई फकाउने हाल छैन मायालु......

मनको धोको मनमै रह्यो...

30 December, 2011


मनको धोको मनमै रह्यो.....
थाहा पाइनँ के भयो के भयो!!!!!

किन रोझ्नु साथ् एक्लै, जीउनै परेपछि!


किन रोझ्नु साथ् एक्लै, जीउनै परेपछि!
किन कुर्नु साझ आखिर, पिउनै परेपछि!!

यो माया बाध्यता होइन

15 October, 2011


यो माया बाध्यता होइन चाहना हो
तिमि संग गाठो परेका मिठो भावना हो


सर्बेश

भुलाई हेरे आफुला


भुलाई हेरे आफुलाई आफै भित्र तिमीलाई देखने प्रयासमा |

देखे तिम्रै त्यों हसिलो चित्र मनको स्वोप्निल आकाशमा ||


सर्बेश

सम्भवत जिंदगी


सम्भवत जिंदगीको हरेक सपनीमा तिमीलाई सम्झनेछु
रमाईला ती पलहरुलाई काखी च्यापी सम्भाल्नेछु
येदि सकिन भने मलाई माफ़ गर्नु
जीवनको हारेको पल तिम्रै निम्ति अर्पण गरिदिने छु


सर्बेश

म त तस्वीर अधुरा भएछु


म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु


सर्बेश

तिमी मेरो जिन्दगी


तिमी मेरो जिन्दगी मा फुल्छौ भने,
हृदय को बगैन्चा भित्र सजाई दिउला।

जीवन भरी साथ दिन्छौ भने,
मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।।

फुल फूल्दो रहेछ


फुल फूल्दो रहेछ, ओईली झरनको लागी |
माया गासिदो रहेछ, छुटी जानको लागी ||

किन खोजि हिड्छौ मसानमा


किन खोजि हिड्छौ मसानमा 

म चित्तामा जलेको खरानी होइन 

आऊ आज मेरो अगेनीमा 

म समाधि भई विलाएको हेर 

शुन्यतामा एक्लै हराएको हेर 

मौनतामा एक्लै रमाएको हेर ।।


>>Saagar<<

उसलाई त मैले चिनकै छैन

27 December, 2010

उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे

सोधिरहेछन, आज मेची र महाकाली

सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली

जिंदगी एउटा संजाल हो केलायेर हेर

जिंदगी एउटा संजाल हो केलायेर हेर ,
जिंदगी मिठो आभाष हो रमायेर हेर ,
जिंदगी मिठो कल्पना हो नियालेर हेर
जिंदगी मिठो सपना हो निदाएर हेर

Sarbesh |

सम्भवत जिंदगीको हरेक सपनीमा तिमीलाई सम्झनेछु

सम्भवत जिंदगीको हरेक सपनीमा तिमीलाई सम्झनेछु
रमाईला ती पलहरुलाई काखी च्यापी सम्भाल्नेछु
येदि सकिन भने मलाई माफ़ गर्नु
जीवनको हारेको पल तिम्रै निम्ति अर्पण गरिदिने छु

Sarbesh |

आफै भित्र तिमीलाई देखने प्रयासमा

भुलाई हेरे आफुलाई आफै भित्र तिमीलाई देखने प्रयासमा,
देखे तिम्रै त्यों हसिलो चित्र मनको स्वोप्निल आकाशमा 

sarbesh |

थाहा छैन कुन, रहरमा छु

थाहा छैन कुन, रहरमा छु ।।
त्यसैले विरानो, सहरमा छु ।।मान्छेले मान्छे, नचिन्ने कस्तो
लाग्छ अन्धकार, प्रहरमा छु ।।उदेश्य फर्केर, केहि गर्ने देशमा
सपनै सपनाको, लहरमा छु ।। रुदैछिन् होलिन, घरमा प्रिये
अवत फर्कने तरखरमा छु ।

Shramdip Chaulagain |

किन खोजि हिड्छौ मसानमा

10 November, 2010

किन खोजि हिड्छौ मसानमा
   म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
   म समाधि भई विलाएको हेर
शुन्यतामा एक्लै हराएको हेर
     मौनतामा एक्लै रमाएको हेर ।।

बिभक्ति

07 April, 2010

तिमी छौ
म छु
बिचमा लाई भईदिएको भए
मलाई तिमी र तिमीलाई म हुने थियौ
बिभक्ति बिना का सबध भयौ हामी
कहिले हुनु वाक्य 
कहिले हुनु काब्य

08 September, 2009
Posted by sarbesh

रात बीते आज मेरा तारा गनेर
आश गरिरहे तिमी आऊछौ की भनेर |
आएनौ तर तिमी फेरी खाए धोका
बनाई छाड़यौ आखिरमा मलाई बलिको बोका ||
<<प्रदीप>>

भेट्छु भनी तिमीलाई हीडे

Posted by sarbesh

भेट्छु भनी तिमीलाई हीडे, बाटोमै अल्मलिए
लेख्छु भने तिमीलाई चीठी, आफै नै रूमलिए
खोई के भयो मलाई आज, होसै भएन
सोच्छु म कतै मलाई, प्रेम त भएन !

<<प्रदीप>>

हिजो राती सुत्त्नै सकिन

Posted by sarbesh

हिजो राती सुत्त्नै सकिन, किन हो किन छटपटी भयो
उनैको यादले फेरी सतायो, बिर्सिएका सबै कुरा तस्वीर बनी आगाडी आयो |
हराए एकैछीन बिगतमा म, आँसु भरिए आँखामा
हेरे उनको तस्वीर एकचोटी, मनलाई शान्ति मिल्यो
निदाए त्येसपछि .........................||

<<प्रदीप>>

प्रिय तिमीले मानीनौ

Posted by sarbesh

प्रिय तिमीले मानीनौ मेरो कुरा
घोपीदीयौ यो मनमा छुरा |
घाइते बनाई छोडी गयौ मलाई
बीच सडक मा एक्लै बनाई ||
साहारा कोही पनी छैन अब
हिड्ने कोशिश गर्दैछु तैपनी म |
कोही त भेटीएला भनी आश छ
हेरौ भगवानले के गर्छ ||

<<प्रदीप>>

नाचू भन्दा पईला सरेन

Posted by sarbesh

नाचू भन्दा पईला सरेन,
तिम्रो याद मुस्कुराऊन थाल्यो |
तिमी संगका छणहरु कल्पना गर्दा,
मन आफै आतिन थाल्यो |
तिम्रा ती पईलाहरु अझै बिर्सन सकिन,
तिमी संगै नाची रहेको आभास हुन थाल्यो |

<<सर्बेश>>

तिमी संगका ती मीठा पलहरु

Posted by sarbesh

तिमी संगका ती मीठा पलहरु,
तिमी संग गुनगुनाएका ती मीठा स्वोरहरू,
तिमी संगै उठेका ती पाईलाहरू,
मानसपटलमा सधै रहीरहनेछन
अंगालोमा बधियेका ती स्वोप्निल छणहरु |

<<सर्बेश>>

छचल्कियो तिम्रो मुहार

30 August, 2009
Posted by sarbesh

छचल्कियो तिम्रो मुहार पानीमा हेरी टोलाई बस्दा,
मागे मैले तिमीलाई आकाशको तारा खस्दा,
भावना को तरेलीमा कल्पी बसे सावनको झरि पर्दा.
आफै संग जिसकी हिडे तिम्रो तस्बीर सामू आउदा |

<<सर्बेश>>